ताजा अपडेट »

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

बुधबार, १९ कार्तिक २०७७, १५ : ०३
4 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुले पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुले पदबाट राजीनामा नदिने बताउँदै आफुले राजीनामा दिनु भने देशलाई बर्बादीतिर जान दिनु रहेको बताए ।

उनले भने, ‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्न ।” उनले बाहिर सञ्चारमाध्यममा छाएको जस्तो स्थिति नआएको पनि बताए । उनले आफुमाथि व्यापक जनसमर्थन रहेको समेत दावी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।