ताजा अपडेट »

‘बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो ’

शुक्रबार, ०७ कार्तिक २०७७, २१ : ३४
6 Shares

सिद्धार्थनगर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मान्छेले बाँचुञ्जेल जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताएका छन् । भैरहवामा दशकौँदेखि चिकित्सा सेवा दिँदै आएका डा.निशाकिरण बस्यालको निधनको आठौँ दिन नेकपा रुपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य भुसालले डा.बस्यालले आफ्नो जीवनकालमा दुःखीगरीबका सेवामा दिएको समय स्मरणीय रहने बताए । उनी र उनका श्रीमान् डा. रामप्रसाद बस्यालले रुपन्देहीका दुःखीगरीबको उपचारमा पुर्याएको योगदान अतुलनीय रहेको र त्यसको राज्यले कदर गरिरहने उनले स्पष्ट गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।