ताजा अपडेट »

भलवारी डिपोमा रहेको ट्याङ्करमा आगलागी

विहीबार, ०६ कार्तिक २०७७, १४ : १३
4 Shares

बुटवल । रुपन्देहीको भलवारी डिपोमा रहेको एक ट्याङ्करमा आज बिहीबार दिउँसो आगलागी भएको छ । डिपोमा रहेको लु १ ख ८१४५ नम्बरको ट्याङ्करमा एक्कासी आगलागी भए पनि समयमै नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आगलागीबाट ट्याङ्करको अगाडीको केही भागमा जले पनि अन्य भौतिक तथा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।