ताजा अपडेट »

बुटवलमा थपिए ७३ संक्रमित, कुन वडामा कति ?

मंगलबार, ०४ कार्तिक २०७७, १८ : १८
4 Shares

बुटवल । बुटवलमा मंगलबार ७३ संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाका अनुसार पछिल्लो २४ घण्टामा वडा नम्बर ८ मा १९ जना, ११ मा १८ जना, १३ मा ७ जना, ९ मा ६ जना, ६ मा ५ जना, ३, ४, ७ मा ३/३ जना, १० मा २ जना, २, ५, १४ मा १/१ जना संक्रमित थपिएका छन् ।

यस्तै ४ जना संक्रमितको वडा नखुलेको उपमहानगरले जनाएको छ । यो सँगै बुटवलमा कोरोना संक्रमितको संख्या २ हजार १९९ पुगेको छ । जसमध्ये १ हजार १७० संक्रमित डिस्चार्ज भएका छन् भने १ हजार २९ जना उपचाररत अवस्थामा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।