२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

तस्वीर : रातोपाटीबाट

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

Advertisement

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार बिहान ११ः५० मा घटना भएको हो । विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उनले जानकारी दिए । उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ ।

निलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उहाँका श्रीमान्को हिजो मात्रै निधन भएको थियो । परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ । चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग