१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

बुटवल । मिस नेपाल एसईई–२०२० उपाधि रेजिना लिम्बूले जितेकी छिन् । सम्पदा गार्डेन रिसोर्ट, काठमाडौमा अभ्यानी प्रोडक्सनको आयोजना शनिवार भएको मिस नेपाल एसईई २०२० को उपाधि रेजिना लिम्बूले जितेकी हुन् । यसैगरी प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन्। कोभिड(१९ को बीचमा विभिन्न सुरक्षा सावधानी अपनाउँदै १० दिने रेसिडेन्सियल कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

प्रोभिन्सतर्फको उपाधिभने प्रोभिन्स ३ मा महिमा महतो, प्रेभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन्। मिस नेपाल एसईई २०२० को उपाधि जितेका विजेताहरुले उच्च शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्परहरु साथै विभिन्न पुरस्कारहरु हात पारे। विजेताले फिलिपिन्समा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन टुरिज्ममा प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी मिस पपुलरको उपाधि महिमा महतो, ब्युटि विथ परपोस सायक्सा सुनुवार तथा फेसन आइकनको उपाधि सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ सिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात पारिन्।

एसईई उत्तीर्ण किशारकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म अनलाइन र १० दिनसम्म रेसिडेन्टियलरुपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि राप्रपा पुर्व प्रवक्ता तथा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य गोविन्दराज खनिया रहेका थिए भने निर्णायकको भुमिकामा फेसन केरियोग्राफर, मोडल तथा नायक मिस्टर मोडल अफ द वोर्लड दिक्पाल कार्की, मोटिभेनसनल स्पिकर तथा युवाका ढुकढुकी रोहित मल्ल र मिस नेपाल एसईई तथा मोडल पायल गुरुड़ रहेका थिए । प्रतियोगिकाको कोरियोग्राफर रुपमा पवन आचार्य रहेका थिए।

कार्यक्रम प्रस्तोताको भूमिकामा प्रोजेक्ट डाइरेकटर अनिकेत अधिकारी रहनुभएको थियो र कार्यक्रमको मुख्य व्यवस्थापक सिमोन पण्डित रहेकी थिइन्। प्रतियोगीको मुख्य सहयोगी संस्था एस्. पि. एम कृयशन, चान्डवाग स्कुल, आरोग्य नेपाल, सिम्पान, गो प्रिटि नेपाल, द सेलिव्रटि टाइम्स, ग्लोबल अनलाइन पे, थ्रि एम, ग्रेस इन्टरनेसनल थिए भने ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन भने कार्यक्रमको अध्यक्षता अभ्यानी प्रोडकसनका सिइओ अभिविन्द खनियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण