ताजा अपडेट »

प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षित गरी ढुङ्गा प्रहार

आइतबार, १८ असोज २०७७, १९ : ०६
18 Shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरी आइतबार साँझ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–११ मिलनचोकमा केही व्यक्तिले ढुङ्गाा प्रहार गरेको एक प्रतक्ष्यदर्शीले बताएका छन् ।

ढुङ्गा कसले किन प्रहार गरे भन्नेपनि यकिन नभएपनि प्रदेश राजधानी प्रस्तावको विषयमा विरोध र आन्दोलन चर्किरहेको बेला सो को प्रतिशोध हुन सक्ने आंकलन गरिएको छ । मुख्यमन्त्री काठमाण्डौंबाट आजै फर्केको अवस्था रहेको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले ग्लोबल आवाजलाई बताए ।

उनी काठमाण्डौंबाट हवाइ जहाजमार्फत भैरहवा हुँदै भैरहवाबाट गाडीमा बुटवल निवासमा आउँदै थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।