ताजा अपडेट »

आफनै घाँटीमा हसियाँ प्रहार गर्दा घाइते शाहीको मृत्यु, कोरोना रिपोर्ट ‘पोजेटिभ’

बुधबार, १४ असोज २०७७, १५ : ४२
6 Shares

बुटवल । आफनै घाँटीमा हसियाँ प्रहार गर्दा गम्भीर घाइते रुपन्देहीका दिपेन्द्र शाहीको मृत्यु भएको छ । बुटवल उमहानगरपालिका–१० का ७६ वर्षीय शाहीले सोमबार दिउँसो आफ्नै घरको आफु सुत्ने कोठामा आफ्नै घाटीमा हसियाँ प्रहार गरेका थिए । शाहीको उपचारको क्रममा मंलगबार राती भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेकाले मेडिकल कलेज भैरहवा रिफर गरिएको थियो । उनी लामो समय देखी स्वासप्रस्वास सम्बन्धि बिरामी रहेको पारिवारीक स्रोतले जनाएका छन् । उनले के कारणले गर्दा आफ्नै घाँटीमा हसियाँ प्रहार गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ । तर उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मेडिकल कलेज भैरहवाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।