ताजा अपडेट »

सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउन जसपाको बैठक बस्दै

विहीबार, २४ फागुन २०८०, ०७ : ३९
62 Shares

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाका १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।