ताजा अपडेट »

बुटवलमा थपिए २६ कोरोना संक्रमित

शुक्रबार, ०९ असोज २०७७, १८ : २०
4 Shares

बुटवल । बुटवल उपमहानगरमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितहरु वडा नं. २, ५, ७ र ८ मा १/१ जना, वडा नं. ३ र ११ मा ४/४ जना, वडा नंं. ६, ९ र १२ का २/२ जना र वडा नखुलेका ८ जना रहेका छन् । तर, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले भने बुटवलमा पछिल्लो २४ घण्टामा ३९ जना थपिएको बताएको छ ।

वुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार बुटवलमा यो संगै कोरोना संक्रमितको संख्या ८५४ पुगेका छ । बुटवलमा हालसम्म ४०० जना संक्रिय संक्रमित रहेका छन् भने ४५४ जना उपचारपछि निको भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।