२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

काठमाडौँ । हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए । मृतक चालकको सनाखत भएको छैन ।

प्रवक्ता रानाका अनुसार सोही पहिरामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेको नाम खुलेको छैन । उक्त पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पु¥याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार एक वर्षमा २४ हजार ५३८ सवारी दुर्घटना: २८८३ जनाको मृत्यु, ७२८२ घाइते