२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकूदको विकास र संरक्षणको लागि प्रदेश सरकारले खेल आबद्ध संघसंस्थाहरुसगै मिलेर काम गर्ने र खेलकूदको विकासको लागि प्रतिवद्ध रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले युवाहरुको चाहाना र राष्ट्रको पहिचानका लागि खेलको विकास जरुरी रहेको बताउदै त्यसमा प्रदेश सरकार सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरसहितको प्रतिनिधिमण्डलसंगको भेटमा मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले खेलकूदको विकासका लागि पूर्वाधार क्षेत्रको विकासमा ध्यान दिनु जरुरी रहेको बताउदै यस प्रदेशमा हाप्किडो खेलसहित सबै खेलको विकास र संरक्षणका लागि सहकार्यमा जोड दिए ।

मुख्यमन्त्री पोखरेलले कोरोनाका कारण वर्तमान असहज अवस्थामा खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गर्न कठिनाई भएको कुरामा आफु जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा परिस्थिती अनुसार सुस्तसुस्त खेलका गतिविधिहरु अगाडी बढाउन आग्रह गरे । उनले प्रदेश सरकारले यस क्षेत्रमा खेल मैदानको निमार्णमा विषेश ध्यान दिएको र त्यसमा रकमको कमी हुन नदिने प्रयास गरेको जानकारी गराउदै खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपले विगारेको गुनासो धेरै रहेको हुदा त्यसमा सचेत भएर खेल र खेलाडीको संरक्षणमा लाग्न सुझाव पनि दिए ।

सो अवसरमा नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा हप्किडो मार्शल आर्ट खेल भर्खर मात्र खेलिन थालिएको र मान्यता प्राप्त गरेको खेल भएका कारण यसको विकास गरेर लैजान बढी महेनत गर्नु परेको बताए । अध्यक्ष धर्तीले हाप्किडो संघको पहलमा केन्द्र तथा प्रदेशस्तरिय सेमिनार एंव प्रतियोगिता गर्दै आएको अवस्थामा कोरोनाका कारण पछिल्लो ६ महिना कुनै औपचारिक गतिविधि गर्न नपाउदा खेलको विकासमा बाधा उत्पन्न भएको गुनासो गरे ।

उनले नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०७६ चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा कोरोनाका कारण स्थगित गर्नु परेको जानकारी गराउँदै त्यसलाई अनुकुल समयमा छिटै आयोजना गर्ने सोंच बनाएको हँुदा प्रदेश सरकारकातर्फबाट आवश्यक सहयोगका लागि मुख्यमन्त्रीसंग आग्रह गरे । सो प्रस्तावमा मुख्यमन्त्री सकारात्मक रहनु भएको अध्यक्ष घर्तीले बताए ।

संघले चैतको २४, २५ र २६ गते राष्ट्रिय स्तरको प्रतियोगिता बुटवलमा गर्न लागेको घोषणा गरेको थियो । प्रतियोगितामा महिला र पुरुष तर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने र करिव ५ सय खेलाडी सहभागी हुने अनुमान थियो । तर कोरोनाका कारण अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नु परेको थियो । संघले रोल्पामा शहीद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय च्याप्यिनसिप तथा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार गरेको केन्द्रीय महासचिव सम्भव बीसीले जानकारी दिए ।

उक्त अवसरमा संघका केन्द्रीय अध्यक्ष घर्तीले मुख्यमन्त्री पोखरेललाई संघले प्रकाशन गरेको हप्किडो म्याग्जीन हस्तान्तरण गरेका थिए । सो म्याग्जीनमा संघले आयोजना गरेका प्रतियोगिता र अन्य गतिविधिहरु समावेश गरिएको छ ।

यसैबीच, संघले सो म्याग्जीन प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती तथा समाजिक विकास मन्त्री सुर्दशन वराललाई छुट्टाछुटै भेटगरी हस्तान्तरण गरेको थियो । सो अवसरमा पनि हप्किडो खेलको विकासका लागि सहयोगको आग्रह गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ- शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ दल दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी