ताजा अपडेट »

बुटवलमा आजमात्रै थपिए १४ कोरोना संक्रमित

सोमबार, ०५ असोज २०७७, १८ : १९
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उपमहानगरको जनस्वास्थ्य शाखाका अनुसार वडा नं. २ का २ जना, वडा नं. ४, ५, ६, ८, १२, १३ का एक/एक जना, वडा नं. ११ का ५ जना र वडा नखुलेका १ जना रहेका छन् ।

उपमहानगरमा हालसम्म कोरोना संक्रमितको संख्या ७४० जना पुगेको छ । बुटवलमा हाल सम्म ३५२ जना सक्रिय संक्रमित रहेका छन् भने ३८८ जना उपचार पछि निको भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।