ताजा अपडेट »

बुटवलका २ सहित रुपन्देहीमा थपिए ५ कोरोना संक्रमित

विहीबार, ०१ असोज २०७७, १७ : १८
6 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १ जना महिला र ४ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८६६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार विहीवार बुटवल उपमहानगरपालिकामा २ जना संक्रमित थपिएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।
रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार १३० जना संक्रमित निको भएका छन भने ७१६ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।