ताजा अपडेट »

रोटरी बुटवल सेन्टरद्वारा महामारी विरुद्ध सञ्चालित अभियानमा सहकार्य

विहीबार, ११ भदौ २०७७, १५ : ४५
6 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल सेन्टरले महामारी विरुद्ध सञ्चालित अभियानमा सहकार्य गरेको छ । बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रोटरी क्लब अफ सेन्टर बुटवलले संक्रमितको मनोबल बढाउने तथा विपन्न अवस्थाका बिरामीलाई औषधोपचारमा सहयोग गर्दै आएको छ ।

उक्त क्लबले कोरोना संक्रमितलाई स्वच्छ पानी खुवाउने भन्दै बुटवलको आइसोलेशन सेन्टरमा विद्युतीय फिल्टर जडान गरिदिएको क्लबका अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको बुटवल–११ देविनगरको आइसोलेसन सेन्टरमा रहेका संक्रमितलाई लक्षित गरेर सहयोग गरिएको हो ।त्यहाँ ६० जनालाई पिउन पुग्नेगरि झण्डै ७० हजार बराबरका विद्युतीय फिल्टर जडान गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए । यसैगरी मृगौला रोगको नियमित उपचार गराइरहेका र डायलासिश गरेपछिको औषधि किन्न नसक्ने विपन्न अवस्थाका बिरामीका लागि औषधि उपलब्ध गराइएको छ ।

क्लबमा आबद्ध तिलप्रसाद भट्टराईको संयोजनमा गौतम बुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा उपचारका लागि आएका ११ जनालाई निशुल्क औषधि उपलव्ध गराइएको क्लबका अध्यक्ष भट्टराईले जानकारी दिए । करिब तीन लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको छ ।यसअघि पनि उक्त क्लबले विभिन्न सामाजिक र मानवीय सहयोगका काम गर्दैआएको संस्थापक अध्यक्ष एजाज आलमले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।