ताजा अपडेट »

हमाल र भण्डारीको अभिनयमा "मैना राजा मैना रानी"

बुधबार, १० भदौ २०७७, १६ : ०८
6 Shares

अर्घाखाँची । लोकदोहोरी क्षेत्रबाट लाखौं श्रोताको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक ऋषि खड्काको स्वरमा अर्को नयाँ गीत मैना राजा रानी सार्वजनिक भएको छ । चर्चित गायिका बिष्णु माझी र ऋषि खड्काको आफ्नै आवाज रहेको सो गीतमा रुपा रेश्मी खड्काले लय दिएकी छन् ।

गीतमा पछिल्लो समयका चर्चित मोडेलहरु साया भन्डारी र रमेश हमाल ठकुरीले म्युजिक भिडियोमा अभिनय गरेका छन् । सुजन बरालको निर्देशन दिपक गिरिको छायांकन रहेको गीतलाइ हुमागाइले सम्पादन गरेका छन् । जनता डिजिटलबाट सार्वजनिक भएको उक्त गितलाइ ऋषि खड्काको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

https://youtu.be/lVkAf-0auBc
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।