ताजा अपडेट »

फेरी घट्यो सुनको मूल्य, तोलाको ९७ हजार २ सयमा कारोबार

मंगलबार, ०९ भदौ २०७७, १२ : २४
4 Shares

बुटवल । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार केहि दिनदेखि घटेको सुनको मूल्य मंगलबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।