ताजा अपडेट »

गजल

शनिबार, २४ साउन २०७७, १३ : ०९
6 Shares

शक्तिको उन्मादले घरलाई गोठ देख्छन् महोदयहरु
आफूमा मोतियाबिन्दु अरुमा खोट देख्छन् महोदयहरु

न्यायालयमा बसेर, आँखामा कालो पट्टी बाँधिएपनि
अपराधीमा पनि आफ्नै कालो कोट देख्छन् महोदयहरु

बनको बाघले भन्दा मनको बाघले धेरै खाएपछि
एक गुटले अर्को गुटलाई तोप देख्छन् महोदयहरु

चट्टान ठान्छन् आफूलाई आफ्नो विश्वासमा
पैसा पाएपछि चर्चलाई मोठ देख्छन् महोदयहरु

तोडेर सारा नैतिकताका नीति र नियमहरु
भुल्न पाए यौवनमा सबथोक देख्छन् महोदयहरु

राष्ट्रघाती भएपनि, अस्तित्व नै आफ्नो नरहेपनि
एमसिसिलाई हरियो डलरको बोट देख्छन् महोदयहरु

चार बर्षसम्म उनी बेपत्ता बनिरहन्छ बस्तीबाट
पाँचौ वर्ष सुकुम्बासीलाई भोट देख्छन् महोदयहरु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।