ताजा अपडेट »

तिलोत्तमा हत्या प्रकरण : फरुवाले हानी हत्या गरेको साविति वयान

मंगलबार, २७ जेठ २०७७, १२ : ०६
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको सामूहिक हत्याकाण्डको अभियोगमा पक्राउ परेका झबेन्द्र सिंजालीले आफुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै भुसभित्र बेहोस अवस्थामा फेला परेका सिंजालीले प्रारम्भिक बयानमा हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । घटनाको प्रकृतिबाट सिंजालीले नै हत्या गरेको पुष्टि गर्न सकिने रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।

गएराती वडा नं १० कान्छि बजारका कृष्ण पुनको भैसी फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको थियो । मारिनेमा ३७ वर्षिया जानकी मुसहर, ४० वर्षिय माधव मुसहर, १४ वर्षिय पोखराज मुसहर, १७ वर्षिय करण चौधरी र १७ वर्षिय आशिष चौधरी रहेका छन् । प्रारम्भीक जानकारी अनुसार मृतक माधब र जानकी श्रीमान श्रीमती भएको र उनीहरु रुपन्देहीको सैनामैना बालापुरका हुन् ।

स्थानीय कृष्ण पुनले सञ्चालन गरेको गंगादेबी पशु फार्ममा उनीहरुको सामुहिक हत्या भएको हो । घटनामा मृतक आशिष र करण चौधरी स्थानीय बासिन्दा हुन् । फार्ममा काम गर्ने पोखराज साथी भएको हुनाले उनिहरु फार्ममा गएको हुनसक्ने इलाका प्रहरी कार्यालय मँगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।