ताजा अपडेट »

‘आइसोलेसन’मा युगाण्डाका प्रधानमन्त्री

शनिबार, २४ जेठ २०७७, १४ : ०६
10 Shares

काठमाण्डौ । युगाण्डाका प्रधानमन्त्री डा. रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि प्रम रुगुन्दाले एकान्तमा बस्ने घोषणा गरेका हुन् ।

उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बसेका युगाण्डाका सरकारी अधिकारीहरुले जानकारी दिएका सिन्ह्वाले जनाएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,’साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।’

कोरोना भाइरसविरुद्धको लडाइँमा उनले देशको नेतृत्व गरिरहेका थिए भने उनी मातहत नै यससम्बन्धी समिति रहेको थियो । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।