ताजा अपडेट »

प्रदेश ५ मा सेभ द चिल्ड्रेनको सहयोग

बुधबार, २१ जेठ २०७७, २० : ३०
36 Shares

बुटवल । प्रदेश नं ५ मा भारतबाट नेपालीहरु भित्रिने क्रम बढेसँगै विभिन्न क्वारेन्टायन तथा आईसोलेसन केन्द्रमा बस्ने व्यक्तिहरुको संख्या दिनानुदिन बढ्दो छ । विशेषगरी भारतसंग सिमाना जोडिएका तराईका जिल्लाहरु बाँके, रुपन्देही र कपिलवस्तु जहाँ कोभिड १९ को बढी प्रभाव रहेको छ, ती जिल्लाहरुमा लामखुट्टेको टोकाईका कारण औलो रोगको स्थानीय संक्रमणको रोकथामलाई मध्यनजर गरि सेभ द चिल्ड्रेनले ८ सय थान झुल प्रदेश सरकारलाई प्रदान गरेको छ ।

सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहले स्वास्थ्य निर्देशनालयको सुझाव र अनुरोधमा झुलहरु बुधबार हस्तान्तरण गरेका हुन् । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले उक्त झुलहरु ग्रहण गर्दै यो सानो सहयोगले पनि कोभिडको संक्रमण रोकथाममा थप सहयोग पुग्ने र आगामी दिनमा पनि यस्तै सहकार्यका लागि सुझाव दिए । त्यस्तै कोभिड १९ का संक्रमित तथा शंकास्पद व्यक्तिको स्वाव परिक्षणमा छिटो र सहज होस भनि सेभ द चिल्ड्ेनले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीलाई एउटा माईक्रो सेन्ट्रीफ्युज पनि हस्तान्तरण गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।