ताजा अपडेट »

२ दिन बैंक खुल्दा सेवाग्राहीको चाप

बुधबार, १४ जेठ २०७७, १४ : ३६
12 Shares

गुल्मी । गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढ्दै गएको छ । जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको पनि छ । त्यसमाथी ३ जना संक्रमित छन् ।जिल्लामा कोरोना संक्रमित बढेसँगै उच्च जोखिम बढदै गएको हो । जिल्लामा २ वटा स्थानिय तहमा कोरोना संक्रमित ४ जना फेला परेका हुन् ।

मदाने गाउँपालिका र धुर्कोट गाउँपालिका कोरोना संक्रमण देखिएको छ । यसले गर्दा जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढदै गएको छ । त्यसमाथी जिल्लामा हप्तामा २ दिन बैंक सेवा सञ्चालन गर्ने निर्णयले कोरोना संक्रमणको जोखिम झनै बढाएको छ । हप्तामा २ दिन आइतवार र बुधवार १० बजेदेखि १ बजेसम्म बैंक खोल्दा मानिसहरुको चाप बढेसँगै कोरोना संक्रमणको उच्च जोखिम बढेको हो । जिल्लामा बुधवारका बैंकहरुमा देखिएका दृश्यहरुले कोरोना संक्रमणको जोखिम बढाएको देखिन्थ्यो । बैंकमा बिभिन्न कारणले पुग्नेहरुले बैंक अगाडी लाइनमा लामबद्ध भएर बस्दा संक्रमणको जोखिम बढाएको हो । २ दिन मात्रै खुल्ने भएपछि एकैपटक धेरै जसो बैंकमा पुग्ने गर्नाले संक्रमणको जोखिम बढाएको छ । जिल्लामा खाद्यान्न तथा तरकारी पसलहरु पनि प्रत्येक दिन ११ बजेदेखि १ बजेसम्म खुल्ने गर्दछन् । सो समयमा सबै एकै पटक किनमेल गर्न बजारमा निस्किने गर्नाले पनि बजारमा चहलपहल बढने गर्दछ ।

जिल्लामा हाल संक्रमण देखिएका गाउँपालिका सिल गरिएको छ । संक्रमितको संख्या बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले चन्द्रकोट, सत्यवति, रुरुक्षेत्र, छत्रकोट र मुसिकोटमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेका छन्

जिल्लामा हालसम्म संक्रमित संख्या ४ जना मध्ये १ जनाको मृत्यु भएको छ । पछिल्लो धुर्कोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष र अर्का भारतबाट आएर क्वारेनटाइनमा बसेका एक युवामा कोरोना भाइरस पोटिजिभ देखिएपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएका जनप्रतिनिधी, सिडीयो सहित सुरक्षा निकाय प्रमुखहरु होम क्वारेन्टाइनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।