२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

लुम्बिनी । कोरोना भाइरसको कारण भएको बन्दाबन्दीले धानको बीउ नपाएर किसान पिरोलिएका छन् । पबीउ राख्ने समय भइसक्यो तर कतै बीउ पाइएको छैन । मर्चवारबासी पूर्वकृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादले नेपालमा धान र गहुँको मुख्य उत्पादन क्षेत्र मानिएको मर्चवार क्षेत्रका किसान धानको बीउ व्यवस्था गरिदिन आग्रह गर्दै आफ्ना घरमा आइरहेको बताए।

Advertisement

उनले पर्याप्त मात्रामा धानको बीउ किसानलाई उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै तत्काल सम्भव नभए विगत वर्षमा झैँ भारतबाट सुरक्षित तरिकाले बीउ ल्याउन दिने व्यवस्था गर्नुपर्ने बताए । यादवले समयमा बीउ नपाए धान रोप्न ढिलाइ हुने र त्यसले उत्पादन कम हुने भएकाले कोरोना भाइरसपछि भोकमरी आउन सक्ने चिन्ता पनि व्यक्त गरे । ‘नेपालमा बीउ छैन, भारतबाट ल्याउन दिइएको छैन । बीउको ब्याड राख्न ढिला भइसक्यो’, समरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले भने ।

रुपन्देहीको दक्षिण क्षेत्रमा कोटहीमाई, मर्चवारी र समरीमाई गाउँपालिका छन् । उक्त क्षेत्र धानखेतीका लागि परिचित छ । तीन हजार हेक्टर खेतीयोग्य जमी रहेको समरीमाईसँग किसानका लागि बीउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम भए पनि बीउ नपाउँदा उक्त कार्यक्रमसमेत प्रभावकारी भएको छैन । गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र हरिजनले भने, ‘समरीमाईमा करीब छ सय क्वीन्टल बीउ आवश्यक हुन्छ तर अहिलेसम्म ५५ क्वीन्टल मात्रै ल्याएका छौंँ । ’उक्त पालिकामा गोल्डन, आइडिया, ६४।४४ र युएस ३०५ प्रजातिका धानको बीउ उपलब्ध छ ।

किसानको रोजाइमा भने भारतीय हाइब्रिड प्रजातिका प्रसन्ना र गोरखनाथ धानको बीउ छ । विगतमा सीमावर्ती भारतीय बजारबाट मर्चवारका किसानले प्रसन्ना र गोरखनाथ लुकिछिपी ल्याउने गर्थ । यतिबेला भने लकडाउनका कारण किसानलाई बीउ ल्याउन पनि मुश्किल भएको छ । मर्चवारी गाउपालिका अध्यक्ष केशवानन्द बानियाँले एकातिर सीमापारिबाट मान्छे आएकाले व्यवस्थापन चुनौतीपूर्ण भएको उल्लेख गर्दै अर्कातिर किसान बीउ पाएन भन्दै दिनदिनै गुनासो गर्न आउँदा समस्या रहेको बताए। उनले भने, ‘हामी किन्न तयार छौंँ तर बीउ त चाहिंयो । ’

मर्चवारी गाउँपालिकामा खेतीयोग्य जमीन तीन हजार चार सय हेक्टर जसमध्ये दुई हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको पालिकाका कृषि शाखा प्रमुख दिनेशकुमार यादवले बताए । यादवले भने, ‘खेत चिस्याउने काम शुरु भइसक्यो । अब बीउ तत्कालै चाहिन्छ । कोटहीमाई गाउँपालिकामा चार हजार ६० हेक्टर क्षेत्रफलमा कृषि खेती हुने गरेको छ । हाल कोटहीमाईमा १३८ क्वीन्टल बीउ आवश्यक छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यलय भैरहवामा वैशाख महिनामा बीउ सकिसकेको कार्यालय प्रमुख अजयकुमार श्रीवास्तावले बताए ।

उनले भने, ‘हामीसँग नेपालमा सूचीकृत धानको बीउ मात्रै हुन्छ तर विडम्बना, तराईका अधिकांश किसानमध्ये ८० प्रतिशतले भारतीय हाइब्रीड धानको बीउ राख्ने गर्छन् ।’ सीमावर्ती क्षेत्रमा भएको धानको बीउको संकट टार्न सीमापारिबाट सुरक्षित तरिकाले ल्याउने व्यवस्था गर्नुपर्ने प्रदेशसभा सदस्य बसिउद्धिन खानले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै