ताजा अपडेट »

नेपाल कृषि मेशिनरी व्यवसायी संघद्धारा कृषि मन्त्री समक्ष १४ बुँदे ज्ञापन पत्र पेश

मंगलबार, २७ चैत्र २०८०, ०७ : ००
48 Shares

ललितपुर। नेपाल कृषि मेशिनर व्यवसायी संघले कृषि तथा पशुपन्छीं विकास मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको कार्यसमिति सदस्य सहितको प्रतिनिधि मण्डलले मन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो ।संघको ज्ञानप पत्र बुझ्दै मन्त्री साहले संघले माग सहित पेश गरेको ज्ञापन पत्रका उल्लेखित बुँदाहरुलाई सम्वोधन गर्न पहल गर्ने बताईन् ।

संघले नेपालमा एउटा पनि कृषि यन्त्र, उपकरण तथा प्रविधिहरूको प्रदर्शन गर्ने स्थान नहुँदा खुल्ला चौरहरूमा प्रदर्शन गर्नुपर्ने बाध्यता रहेकाे बताउँदै कृषि यन्त्र, उपकरण तथा प्रविधिहरू सम्बन्धि मर्मत तथा संचालन तालिम दिनका लागी पनि आवास सहितको तालिम हलको माग गरेकाे छ । त्यस्तै कृषि यान्त्रिकरण प्रविधि कृषिको निकै ठूलो क्षेत्र भएकाले यस सम्वन्धि अनुसन्धान, विकास, प्रवद्र्धन, र बजारीकरणको लागी छुट्टै केन्द्रको आवश्यकता रहेकाे र नेपाल सरकार अन्तर्गत छुट्टै केन्द्र बनाउन समेत माग गरेको छ।

संघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नकाे लागि बैंककाे व्याजदरमा अनुदानको व्यवस्था गर्नु पर्ने, कृषि उद्योग स्थापनाको पहिलो पाँच बर्षसम्म आयकरमा छुट हुनु पर्ने, कोल्डस्टोर तथा कृषि उद्योगमा विद्युत सहुलियत कायम गर्नु पर्ने, कृषि उद्योगको कच्चा पदार्थमा विधमान भन्सार दर कम गर्नु पर्ने र भन्सारमा छुट गर्नु पर्ने जस्ता माग राखेकाे छ ।

अध्यक्ष शर्माका अनुसार नेपाल सरकारले तय गरेको कृषि रणानीति २०३५ लाई पुरा गर्नका निम्ति कृषिमा यान्त्रिकरण प्रविधिको प्रवद्र्धन गर्नुपर्ने र यान्त्रिकरण प्रविधिको लागी हाल छुट्टयाउँदै आएको बजेट अपुग रहेकाले बजेट थप गर्नुपर्ने माग समेत राखेकाे बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।