ताजा अपडेट »

असहाय बालबालिकाको लागि दाङका युवा व्यवसायीले घर बनाइदिने

बुधबार, ०७ जेठ २०७७, १८ : ४८
6 Shares

तुलसीपुर । दाङका एक युवा ब्यवसायीले तुलसीपुर ४ मा रहेका असहाय २ बालबालिकाको लागि घर निर्माण गरिदिन लागेका छन् । दंगीशरण ६ निवासी युवा ब्यवसायी जयराम वलीले तुलसीपुर ४ नयाँबस्तीमा बस्ने १२ बषीय तिला पुन र ६ बर्षीय जिवन पुनको लागि घर निर्माण गर्न लागेको वलीले बताए ।

विगत ३ वर्षदेखि बेसहारा जीवन विताई ति बालबालिकाको लागि करिब २ लाखको लागतमा घर बनाउन सुरु गरिएको उनले बताए । साथै घरको सोमबार शिलान्यास गरिएको छ । वडा कार्यालय र समाजसेवी वलीको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । आमाको हत्या गरी बुवा जेल चलान भएकै वर्ष घर भत्किएपछि उनीहरु टिनले बारेको घरमा बस्दै आएका थिए । टिनले अत्याधिक पोल्ने, हावाहुरी र वर्षातको कारण बस्न समस्या भएपछि छिमेकीहरुको घरमा बस्दै आएको बालिका पुनले बताईन् । ‘भएको घर पनि भत्किएपछि कहिले कता, कहिले कता बस्दै आएका थियौँ’ उनले भनिन् ‘घर बन्ने भएपछि धेरै खुशी छु, अब त आफ्नै घरमा बस्न पाइने भयो ।’ उनीहरु तीन वर्षदेखि छिमेकीहरुको सहारामा बस्दै आएका छन् ।

छरछिमेकका घरमा बस्दै आएका उनीहरुका लागि आवश्यक टिन र खाद्यान्न वडा कार्यालयले उपलव्ध गराएको ४ का वडा सदस्य जयबहादुर गिरीले बताए । उनले बालबालिकाहरुको सहयोगका लागि उपनगरपालिकामा पहल गर्ने तयारी भइरहेको समेत बताए । मदन भण्डारीको व्यवस्थापनमा घर बनाउन सुरू गरिएको छ । असहाय बालबालिकाहरुका लागि घर निर्माण कार्य सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँबस्तीमा बसोबास गर्दै आएका असहाय बालबालिकाहरुको लागि दुई लाखको लागतमा घर निर्माण गर्न लागिएको हो । घरको सोमबार शिलान्यास गरिएको छ ।
विगत तीन वर्षदेखि बेसहारा जीवन विताई रहेका १२ वर्षिय तिला पुन र ६ वर्षिय टिकाराम पुनका लागि घर बनाउन सुरु गरिएको छ ।

वडा कार्यालय र समाजसेवी जयराम ओलीको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । बुवा जेल चलान भएकै वर्ष घर भत्किएपछि उनीहरु टिनले बारेको घरमा बस्दै आएका थिए । टिनले अत्याधिक पोल्ने, हावाहुरी र वर्षातको कारण बस्न समस्या भएपछि छिमेकीहरुको घरमा बस्दै आएको बालिका तिला पुनले बताइन् । ‘भएको घर पनि भत्किएपछि कहिले कता, कहिले कता बस्दै आएका थियौँ’ उनले भनिन् ‘घर बन्ने भएपछि धेरै खुशी छु, अब त आफ्नै घरमा बस्न पाइने भयो ।’ आमाको हत्या गरी बुवा कारागार चलान भएपछि उनीहरु तीन वर्षदेखि छिमेकीहरुको सहारामा बस्दै आएका छन् ।


छरछिमेकका घरमा बस्दै आएका उनीहरुका लागि आवश्यक टिन र खाद्यान्न वडा कार्यालयले उपलव्ध गराएको वडा नं. ४ का वडा सदस्य जयबहादुर गिरीले बताए । उनले बालबालिकाहरुको सहयोगका लागि उपनगरपालिकामा पहल गर्ने तयारी भइरहेको बताए । मदन भण्डारीको व्यवस्थापनमा घर बनाउन सुरू गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।