ताजा अपडेट »

लकडाउनका सन्दर्भमा साहित्यकारको भिडियो कन्फेरेन्स

बुधबार, ०३ बैशाख २०७७, १५ : ४६
6 Shares


बुुुटवल । लकडाउनकाे म्याद थपेपछिकाे स्थिति,प्रयाेगकाे अवस्था र साहित्यिक रचना सम्बन्धि भिडियाे कन्फ्रेन्स बुधवार सम्पन्न भयाे । साे कन्फ्रेन्समा साहित्यकारहरु धनमाया राई( सिन्धुली), धनकुमारी अर्याल( बुटवल), राधिका कल्पित( काठमाडौं), रिन्कू वाग्ले (तिलाेत्तमा), सीता ढुंगाना (भैरहवा) बाट सार्थक सहभागी भई लकडाउनका बेला धेरै स्थानमा अनुशासन ताेडिएकाे, अटेरी नागरिकहरुले जवरजस्ती साे अनुराेधलाई उल्लघंन गरेकाे र अरु बेलाकाे बन्द खुलेपछिकाे अवस्थामा झैं साँझपख मानिसहरु बिनाअनुमति लखरलखर डुल्ने गरेकाे बताउँदै त्रासकै कारण साहित्यिक सिर्जनामा समेत असर पुगेकाे बताए ।

काेराेनाले मनाेवैज्ञानिक असर गरेकै कारणले सर्जकहरुले सिर्जनात्मक तरिकाले साहित्यमा कलम चलाउन सकस भएकाे उनीहरुले बताए । साथै साहित्यकारहरुले काेराेना विपत्ति भएकाले सबै मिलेर सामना गर्नुपर्नेमा जाेड दिएका छन् । लकडाउनमा महिलाहरु झन् व्यस्त हुनुपरेकाे बताउँदै काेराेना प्रकृतिप्रतिकाे ठूला अपराध र अापत्तिका रुपमा अाएकाे समेत चिन्ता प्रकट गरे । साेही कन्फ्रेन्समा साहित्यकार कपिलवन्धुले लकडाउनका बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक अरुलाई पूर्णरूपमा लखरलखर डुल्न,घुम्नका निम्ति बन्देज लगाउनु पर्नेमा जाेड दिए । उनले भने अनुशासन मान्ने देशका नागरिक कम र नमान्ने देशका नागरिकहरु काेराेनाका कारण धेरैजनाकाे मृत्यु हुन पुगेकाे बताउँदै कुनैपनि नेपाली काेराेनाले मर्न नपराेस् भनी शुभेच्छा समेत प्रकट गरे ।

कार्यक्रममा युवाकवि सागर केसी,रिन्कू, वाग्ले र धनमाया राईले काेराेना विरुद्धमा काेरलेका रचना वाचन गरेका थिए ।
उक्त कन्फ्रेन्समा बैङ्कर्स राजेन्द्र अाचार्यले काेराेनाका कारण अर्थव्यवस्थामा समेत नेपाल पछाडि धकेलिने संकेत देखाए ।
साे कन्फेन्स कार्यक्रमकाे संयाेजन तथा व्यवस्थापन दलबहादुर गुरुङले बुटवलबाट गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।