ताजा अपडेट »

आशंका गरिएका तीन मध्ये २ मा कोरोना

मंगलबार, ०२ बैशाख २०७७, १२ : ३५
6 Shares

काठमाण्डौं । राजधानीको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जना मध्ये २ जनामा कोरोनाा संक्रमण देखिएको छ । यस अघि एक परिवारका ति तीन जना आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। त्यसपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनीहरुको पीसीआर परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए। ती तीन मध्ये दुई जनाको पिसिआर परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । यससँगै नेपालमा हालसम्म १६जना कोरोना संक्रमित भेटिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।