ताजा अपडेट »

कोरोना संक्रमणको परिक्षण दाङमा पनि सुरु

मंगलबार, ०२ बैशाख २०७७, ११ : ०९
2 Shares

दाङ । कोरोना संक्रमणको परिक्षणका लागि दाङमा किट आइपुगेको छ । किट आएसँगै कोरोनाको र्यापिड परिक्षण अब दाङमै हुने भएको छ । र्यापिड टेष्टका लागि क्वारेन्टाइनमा वसेका सबैको परिक्षण गरिनेछ ।

र्यापिड टेस्टका लागि शनिवारै १ सयवटा किट दाङ्ग आइपुगेको कोरोना विशेष अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिए । उनले आइतबारबाटै परिक्षणलाई अगाडि वढाइने समेत वताए । र्यापिड टेस्टका नेगेटिभ देखिए एकसाता क्वारेन्टाइनमा वसालेर घर फर्काउने र पोजेटिभ देखिए आइसोलेसनमा राखेर स्वाब परिक्षण गरिने पनि चन्दले जानकारी दिए । स्वाब परिक्षण बुटवल या काठमाडौमा हुने व्यवस्था छ ।

दाङ्ग जिल्ला भरी अहिले ४४ जना क्वारेन्टाइनमा वस्दै आएका छन् । यो भन्दा अगाडि १४ दिन क्वारेन्टाइनमा वसिसकेकाको भने किटको अभावका कारण चेकजाँच नगरिने भएको छ । अन्यको भने आइतबारबाटै सुरु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।