ताजा अपडेट »

अन्ततः प्रियंका चोपडा माइत फर्किइन्

विहीबार, १६ फागुन २०७५, १२ : ४३
6 Shares


एजेन्सी – अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकाबाट भारत फर्किएकी छिन् । हलिउड गायक तथा अभिनेता निक जोन्ससँग बिहे गरेपछि केही समय पतिको घरमा रहेकी उनी हालै भारत फर्किएकी हुन् ।

पति निकको साथमा भारत फर्किएपछि उनले सोसल समडियामा केही फोटो सेयर गरेकी छिन् । फोटोका साथमा उनले निकलाई ‘भारत आउँदा कस्तो लागिरहेको छ’ भनेर लेखेकी छिन् ।

ओस्कार अवार्ड वितरण समारोहमा पति निकका साथ देखापरेकी उनी आफ्नो घर आउँदा निकै रमाइलो लागिरहेको ट्विट गरेकी छिन् ।

उनी अब चाँडै नै बलिउड फिल्म ‘द स्काई इज पिंक’मा देखिँदै छिन् । त्यो फिल्ममा उनको अपोजिटमा फरहान अख्तर मुख्य भूमिकामा रहनेछन् । फिल्मलाई सोनाली बोसले निर्देशन गर्दै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।