ताजा अपडेट »

१ हजार १ सय ३३ काे स्वाब परिक्षण, ५ जनामा मात्रै काेरोना पोजेटिभ

बुधबार, १९ चैत्र २०७६, १८ : ५३
6 Shares

काठमाण्डौं । कोभिड-१९ को आशंकामा बुधबार सम्म १ हजार १ सय ३३ को नमूना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।

उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमूना परीक्षण नेगेटिभ आएको बताए। देवकोटाले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्‍न भएको पनि बताए। देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना संकलन भइसकेको र परीक्षणको क्रममा रहेको छ।

देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट ट्रेसिङ अत्यन्तै महत्वपूर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गरे।

उनले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी दिए। कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाडौं लगायत विभिन्औन प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि डाक्टर देवकोटाले दिए।

उनका अनुसार, काठमाण्डौ बाहिरको प्रयोगशाला विस्तारको काम तीव्र गतिमा भइरहेको छ। देवकोटाले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण रन भइरहेको , धरानमा १२ वटा नमुनाको परीक्षण रन भइरहेको तथा हेटौडामा बुधबार साँझसम्म परीक्षण सुरु हुने बताए।

उनले अहिलेसम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको बताए। गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भइसकेको जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।