ताजा अपडेट »

बेलैमा होसियार हौं ,बलीका बोका नबनौं

बुधबार, १९ चैत्र २०७६, १७ : ३६
18 Shares

पशु बलीका कुरा गरौँ । गढीमाईँ, दसैँको नवमीमा वा अन्य विभिन्न चाडवाडमा धेरै पशुपंन्छीहरु बलि चढाएको देख्न पाइन्छ । बलिसँग सम्बन्धीत अन्धविश्वासको बारेमा बहस गर्न खोजिएको हैन । बलिदिने क्रममा ती अवोध प्राणीको मनस्थितिका बारेमा यहाँप्रकाश पार्न खोजिएको हो । जस्को हत्या भइरहेको हुन्छ उनीहरु बोल्न नसकेपनि अन्तर्मनमा एक प्रकारको पीडा पक्का व्यक्त भएको हुुनुपर्छ । एक–एकगर्दै गर्धन छिनालेको दृष्य देख्दा पालो आउन लागेको अर्को त्यो अवोध प्राणीलाई कति तनाव भए होला? अब मर्नेवाला छु भनेर जीवनमा थिधिक्कार लागेहोला । मनमनै त्यहाँबाट उम्कन पाए हुन्थ्यो भन्ने सोँच आए होला । तथापि ति पशुपंछीहरुमा उम्कन मिल्ने उपाय वा सामथ्र्य हुदैन । कुनैपनि हिसाबले हत्या हुनबाट उम्कन पाउने चान्स रहँदैन । त्यसैले चुप–चाप उनीहरु बलिका नाममा मृत्यूवरण गर्नुपरेको हुन्छ । अहिलेको विश्वमहामारीका बेलाहाम्रा कैयौं क्रियाकलापले कतै हामीतीनै अवोध प्राणी जतिको विवेक नभएका त हैनौँभन्ने शंकागर्न मिल्ने ठाउँ मिलेको छ ।

जानी–बुझिकन हामीलाई नै घात गर्ने मूख्र्याइमा संग्लग्न भएको देख्दा हामी कतै ती पशुपन्छी भन्दापनि कम विवेक भएका त हैंनौं भन्ने प्रश्न खडा भएको छ । बली चढाउन लागेका पशुपंछीहरु उम्कन मिल्ने अवस्था नभएर मृत्यू स्वीकार गरेका छन् । तथापि हामीलाई त सरकार र विश्व स्वास्थ्य जगत वा भनौं सबै सबैले अहिलेको कोरोना भाइरसको महामारीबाट हामी स्वयम् कसरी बच्ने र कसरी अरुलाई मर्नबाट जोगाउने भन्ने पूर्व जुक्ति सिकाइएको छ । तर,पनि हामी बलिको बोको हुन खोजिरहेका छौँ । यत्रो सम्भावित त्रासदीका बीच हामी सौखिनलाई सडकमै मर्निङ वाल्क हिड्न परेको छ । रोगको संक्रमण हुनसक्ने सम्भावीत ठाउँहरु जस्तो हाटबजार, शहरका चोकचोकमा जम्मा हुनु परेको छ । मिठामिठा परिकार, माछामासु खरिद गर्न पटकपटक बजार जानुपरेकै छ । अझै गम्भिर कुरो त सोर्सफोर्स लगाएर पास लिएर सवारी साधनलाई काम न काजसँगसडकमा हुइकाउनै परेको छ । यी सब क्रियाकलाप हेर्दा लाग्छ सरकारले सबैलाई घर बस्न भनीदिएको यो एक पर्व विदाहो । त्यसैले मनाउनु जरुरी छ । अनि मरिहालियो भने मृत्यूको अनुभव हुन्छ । अझभनौं मृत्यू पटक पटकआइरहन्छ र एकपटक मरिहाले पनिअर्कोपटक मर्दा बिचार गर्ने अवसर मिल्छ ।


सर्वस्वीकार्य कुरा हो कि हामी तार्किक प्राणी हौँ । सर्वश्रेष्ठ प्राणीको उपाधि पनि हामीलाई नै मिलेको छ । तथापिधिक्कार छ त्यस्ता महानुभावहरुलाई जस्ले बाध्यताका कारण हैन चाहनाका कारण मानव समाजको हत्याको हतियार लिन घर बाहिर निस्किरहेका छन् । अझ भनौ घरमा रहेका अवोध बालबालिका, बुडा आमाबालाई हत्या गर्न सक्ने ओखतिको खोजिमा सरकारले लकडाउन गरेको बखत बाहिर भौतारिइरहेका छन् । सडकमा लखर–लखर हिड्ने मानिसहरु मजदुर हैनन् । उनीहरु हुनेखाने वर्ग हुन् जस्लाई यस्तो संक्रमणका बेला साँझपख चोक–चोकमा जम्मा भएर कोरोनाका बारेमा गफ चुट्नु परेको छ । बडो सामाजिक प्राणी बन्नु परेको छ । सडकहरुको जमात हेर्दा आफ्ना घर–परिवार, समाज, देश र विश्वका मनिसहरुलाई मृत्यूको मुखमा धकल्ने कार्य अबुझले नभएर पढेलेखेका, बुझ्ने मानिसहरुबाट नै भएको छ ।

हामी सबैले बेलैमा कोरोना संक्रमण फैलिइसकेपछिको अवस्था भयाभह हुने कुरा बुझ्नु जरुरी छ । यो एक जैविक हतियार हो भनि वैज्ञानिकहरुले निश्चित गरिसकेका छन् । होस् नपुराए एउटा संक्रमितबाट सारा संसार सखापहुने यसको प्रकृति रहेको छ । संसारकै विकसित देशका मानिसहरु आज अस्पतालका बेड नपाएर घरमा क्वारेन्टाइनका नाममा आफूलाई आत्मदाह गर्न वाध्य हुनुपरेको छ । रोगलागि सकेपछिको बिरामीलाई सकस त चरम छ नै । परिवारका अन्य सदस्य समेत सारै पीडादायी अवस्थाबाट आफूलाई बचाउनु पर्ने हुन्छ । आफ्ना मानिसहरु अस्पतालमा तड्पिइरहदा हेर्न, छुन, केही ख्वाउन, सेवागर्नबाट पूर्णत बञ्चीत हुनुपरेको छ । बाँच्दाको बखतको पीडाले मात्रभएर मरे पछि पनिउत्तिकै पीडामा रहनु परेको छ परिवारका सदस्यहरु । मरेपछि न लास पाइन्छ, न पुर्ने वाजलाउने वादाहसस्कार गर्न नै । संक्रमितसिरियस हुदै गएपछि कित घर परिवारकाअरुलाई पनि रोग सारेर मार्न घरमै रहनु पर्यो या त सरकारले व्यवस्था गरेको अस्पताल र मृत्यू पश्चात् सरकारी खाडलमा गएर पुरिनु पर्ने हुन्छ ।

आज विश्वमै अव्बल ठानिएका देशहरु कोरोनासँग लगभग आत्मसमर्पण गर्न सक्ने अवस्थामा पुगेका छन् । ति देशहरुमा विकास भएको एक्काइसौँ सताब्दिको मेडिकल साइन्सले कोरोना भाइरससँग जुध्न सकेको छैन । आर्थिक रुपमा सम्पन्न जनता आज मृत्यूलाई सहर्ष स्वीकार गर्नुपरेको छ । उनीहरुसँग भएको अथाह सम्पत्ति, पैसाले संक्रमणसँग भिड्न सकेको छैन । अझ नेपाल जस्तो सिटामोलको अभावले तड्पनु परेको देशमा यो रोगको संक्रमणले महामारीको रुप लियोभयो त्यो सारै विनासकारी बन्ने छ । आजबनेका आइसोलेन वा केके नामका केन्द्रहरुमा कतिजना नेपाली अटिएला ? कतिजना डाक्टर, स्वास्थ्यकर्मीहरु अहिलेको स्वास्थ्य सुरक्षाका बीच कार्यक्षेत्रमा समर्पित होलान् ?हाम्रो जस्तो हालतको अर्थव्यवस्थाले कतिदिन सम्मजनताको उपचार थेग्ला?वासतवमै हाम्रो देशको स्वास्थ्य अवस्था एक कहालिलाग्दो अवस्थामा पुग्नेछ ।

अधिक कमाउने होस् वा मध्यम जो कोहीपनि आजको मानिसलाई फूर्सद छैन । चाहेर वा नचाहेर कसैलाई सम्झने समय छैन । संसारका विभिन्न प्रतिष्पर्धामा रोमलिएको आधुनिक मानवले आफ्नो सारा जीवन भौतिक बस्तुसँग साट्न बाध्य छ । जति समय, पैसा भएतापनि आँफैलाई अपुग भइरहन्छ । यो आधुनिक भौतिक संसारको सही चरित्र हो । मानिसहरुको व्यस्तताले बुडा बाआमा, परिवारका सदस्यहरु, नाता–गोताहरु कहाँ के गरिरहेकाछन् भन्ने भेउ पाउन समेत सकेका हुँदैनन् । यस्तो जीवनशैलीलाई कम्तिमा पनि यो लकडाउनले आरामप्रदान गरेको छ । लकडाउनका बेलापरिवारसँग–सँगै बस्ने, खाने, घरायसीगफगाफगर्ने, रमाइलो गर्ने, पुरानायादहरु पुुनःस्मरण गर्ने, पुराना फोटा एल्बमहरु पल्टाउने, योग गर्ने, फिल्म हेर्ने, इन्डोर गेम खेल्ने, बराण्डा वा छतमा व्यामगर्ने, नाच्ने, गितगाउने, जोक्स भन्ने, सकारात्मक सोच सम्बन्धी भिडियोहरु हेर्ने, घरको काम सबैले शेयर गर्ने, जे अनाज छ त्यसलाई मिठो तरिकाले पकाएर खाने जस्तो बाध्यात्मक अवसर पनिहो ।

महामारी हुन नदिन घरमै नजरबन्दको अवस्थामा बस्नु कसैको चाहना हैन तथापि आममानव स्वास्थ्यकालागि यो नै अन्तिम विकल्प हो । घरभित्र बस्ने कुरा स्वीकार गर्न नसके आम नरसंंहार निश्चित छ ।अहिल्यै होसियार बन्न नसके गढीमाईका रागाँको हालतमा मानव जगत पुग्नेछ । तथापि सावधानीपूर्वक आशावादी बनौं । घरको चौघेरो भित्र रहने प्रण गरौँ । त्यसो भएमा हामी कोरोनालाई परास्तगर्न सक्षम हुनेछौँ । अन्त्यमा, आज २०७६ सालको चैत्र शुक्ल अष्टमी । परम्परागत रुपमा हिन्दु, बौद्ध र किरातधर्मालम्बीहरु लगाएतले चैते दसैँका रुपमा मनाउने दिन । यस अवसरमा सबैमा सु–स्वास्थ्यको कामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।