कपिल अर्याल / नेपाली समाजको विशेषता भनौँ वा संस्कार जे अर्थ लगाएता पनि हरेक विषयमा वैचारिक अन्तरविरोध रहेको पाईन्छ। कसैको विचार प्रति सर्वस्वीकार्यता बिरलै पाईने गर्दछ । अझै दर्शनका हिसाबले द्धन्द्धात्मक भौतकिवादको सृृजना पनि मानिसबाट अभिव्यक्त भएका अन्तरविरोध कै उपज हो भन्न सकिन्छ । हुन त हेगलको द्धन्द्धात्मक भौतकिवाद माथि काल माक्र्सले अन्तरबिरोध जनाए त्यसैले माक्र्सको ऐतिहासिक द्धन्द्धात्मक भौतकिवादले स्थान पायो ।
समाजवाद कै विचारलाई दुरदृष्टिबाट नियाल्ने हो भने रोजा लक्जम्वर, काउल कात्सकी आदि ईत्यादीको तुलनामा काल मााक्र्सको बैज्ञानिक समाजवाद भिन्न देखिन्छ । वि.पी कोईरालाले प्रतिवादन गरे भनिएको खासगरी पूर्वी युरोपमा प्रयोग आईसकेको प्रजातान्त्रिक समाजवाद कम्युनिष्टको तुलनामा अन्तरविरोधत्माक देखिन्छ । यी सामान्य दर्शनका पाटोहरुले पुर्णरुपमा अन्तरविरोधको बिम्वात्मक अवस्थालाई प्रमाणित मात्र गर्दैन अन्तरविरोधको बैचारिक हैसियतलाई स्थापित पनि गरेको छ । यो वाद वा विचारको मात्र फरकपन होईन यो व्यवहारिकतहमा अझै बर्बर छ ।
खासगरी अर्थचेत भएका भनौँ वा चेतना विहिन समाजमा यो अझै व्याप्त छ । राजनीति, समाजशास्त्र , अर्थशास्त्र जस्ता संयन्त्रमा अन्तरविरोधको प्रतिस्प्रधात्मक पद्धति हावी छ जसले समाजमा रहेका तमाम वर्गलाई वर्गिय विभाजन गर्न हौसला प्रदान गरिरहेको छ । मानिसका स्वभाव नै विचार को चरित्रवोध हो । यी मानिसका चरित्रहरुको परिचालन विधि भनेको दर्शन वा विचार नै हो । तसर्थ हाम्रो समाज वैैचारिक अन्तरविरोधको केन्द्र बन्नु एतिहासिक द्धन्द्धात्मक भौतकिवादको उपज हो भनेर ठोकुवा गर्न सकिन्छ ।
बि.पी का विचार पुष्पलार्ल उचित लाग्दैन्, पुष्पलालका विचार मोहन बिक्रम सिंहलाई उचित लागेन, मोहन बैधको विचार पुष्पकमल दाहाल लाई मन पर्दैन्, चित्र बहादुर के.सी, नारायण मान बिजकछेका विचार अन्यलाई उचित लाग्दैन्, अझ राप्रपाको विचार वा रास्ववाको विचार अरुलाई मन पर्दैन् ।
ठोस रुपमा यी सबै बैचारिक अन्तरविरोधका कारक तत्वहरु हुन् । यी अन्तरविरोधहरुले समाजको विकासमा कति अर्थ राख्छ भन्ने त्यो महत्वपुर्ण तर्क हो की भन्ने आशयको अनुभुति हरकोहिलाई दिलाउँछ । प्राकृतिक र मानवीयरुपमा पनि आम नागरिकको जन्म अन्तरविरोध कै उपज मान्न सकिन्छ । उदाहरणका लागि माता पिताले सन्तानको आवश्यकता महसुश गर्नु, ईच्छा पूर्तिका लागि सन्तान जन्माउनु, वा मानव सभ्यताको अनुसरण गर्नु जस्ता विषयले प्राकृतिक र मानवश्रृष्टिका लागि पनि अन्तरविरोधको भावलाई समेट्दछ ।
बैैचारिक अन्तरविरोधलाई किमार्थ गलत सावित गर्नु हर कोहिको चाहना होईन तर अन्तरविरोध कुन परिणाम वा कुन परिस्थिती वा कुन स्थितीमा हुन्छ र त्यसले कस्तो प्रभाव हाम्रो समाजमा स्थापित गर्छ भन्ने कुरा हो । हामी राजनीतिक रुपमा अस्थिर भएका छौँ। हाम्रो समाज बिचलित छ, एकरुपताको विचार र योजना दृष्टिमा समेत हामी एकाग्रह छैनौँ जसका कारण सामाजिक, राजनीतिक र आर्थिक रुपमा असक्षम ठहरिद गएकौ छौं । विकाश, सुशासन, समृद्धिका आयामहरु खुम्चिएका छन् । दिर्गकालिन रणनीति र कार्ययोजना मा अवरोध सृजना भैरहेको छ । जसका कारण राष्ट्रियता र लोकतन्त्र कमजोर भएको छ ।
उतरार्थमा हामीले धारणा गरेको वा आत्मवोध गरेको विचारलाई सामुहिकतामा र राष्ट्रिय अखण्डताको पक्षमा वैचारिक अन्तरविरोध नराखी सामाजिक स्वार्थको रुपमा विचारलाई रुपान्तरण गर्न सक्यौँ भने मात्र राष्ट्रले मुहार फेर्न सक्दछ । यी तमाम कार्यमा नागरिक र जनताका तत्कालिन समस्यालाई अल्पकालिन विचार ठानेर दुरगामी परिर्वतनको पक्षमा उभिनु को विकल्प छैन् । तसर्थ चेतना विहिन समाजमा वैचारिक अन्तरविरोध भनेको द्धन्द्धात्मक भौतिकवादको उपभोग मात्र हो द्धन्द्धात्मक भौतिकवादलाई त चेतनायुक्त समाजमा वैचारिक दर्शनको वाकक्रिया मानेर प्रयोग गर्नु उपयुक्त हुन्छ ।
प्रतिक्रिया