२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो ।

Advertisement

अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताए । ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी दिए । अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ । यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि आज साँझबाट नमूना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए। उनका अनुसार यी चारै स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

मन्त्रालयले अहिलेको लागि दैनिक १२ जनाको नमूना परीक्षण गर्ने गरेता पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर सातवटै प्रदेशबाट दैनिक एक हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको समितिका खनालले जानकारी दिए।- रासस

facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
sharethis sharing button

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत