ताजा अपडेट »

बुटवलका युवा विद्यार्थीले बनाए स्मार्ट स्यानिटाइजर डिस्पेन्सर

सोमबार, १० चैत्र २०७६, १९ : ३७
2 Shares

बुटवल । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राहत दिन बुटवलका युवा विद्यार्थीले स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् । ५ जना विद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाई उनीहरुले कोभिड १९ को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् ।

३ दिनको कडा मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफलतापूर्वक निर्माण गरिएको समुहका दिनेश ओलीले बताए । उनीसँगै दिनेश बस्याल, विवेक पौडेल, बसन्त पौडेल, सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् । खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्बजनिक स्थानमा सचेतना जगाउँदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समत जनाएका छन् । सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लागन सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताए ।

कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिका विद्यार्थीहरुको गु्रपले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ । यस मेसिनमा भरिएको स्यानिटाईजर प्रयोग भएपश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सुचना जान्छ र अधिकृत व्यक्तिले स्यानिटाईजर पुनः भर्नुपर्दछ । हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरि बनाइएको छ । यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताए । टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्, ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री बिक्रि वितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताए ।

बुटवलमा पहिलोपटक यसप्रकारको आयोजना बनाइएको हो । यसको मुल्य करिब ४०-५० हजारसम्म पर्ने तर आफुहरुले बिक्रिका लागि भने यो निर्माण नगरेको उनीहरुको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।