ताजा अपडेट »

प्रतिनिधि सभाको बैठक : अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

शुक्रबार, ०२ जेठ २०८२, ०७ : ४२
24 Shares
शुक्रबार, ०२ जेठ २०८२
24 Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । 

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ । यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।   

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।