ताजा अपडेट »

विमानस्थल व्यवस्थित भएन, पसलहरुको एकाधिकार भयो : ढकाल

आइतबार, २८ बैशाख २०८२, १३ : १५
26 Shares
आइतबार, २८ बैशाख २०८२
26 Shares

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका छन् । आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधिमैत्री पनि छैन् । आधुनिक पनि छैन् ।  यात्रुहरुलाई अपराधीहरुको रुपमा व्यवहार गरिन्छ । यात्रीहरुले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरुलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन ।’ उनले विमान स्थलमा सञ्चालन गरिएका पसलहरु अपारदर्शी भएको भन्दै एकाधिकार कायम गरिएको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।