ताजा अपडेट »

बुटवलमा युवा विद्यार्थीलाई रोजगार तालिम, सीपसँग जोडिन नगर प्रमुखको जोड

आइतबार, २८ बैशाख २०८२, २१ : ४५
126 Shares
आइतबार, २८ बैशाख २०८२
126 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत रोजगारीको खोजीमा रहेका विद्यार्थीहरूका लागि आयोजित रोजगार सम्बन्धी तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका हुन् ।

आफूले सिकेको सीप अनुसारको रोजगारी खोज्ने भन्दा पनि कुन कार्यालयलाई कस्ता कर्मचारी आवश्यक छ भन्ने बुझेर सोही अनुसारको सीपमूलक तालिम लिन जरुरी रहेको उनको भनाइ थियो । सीप र रोजगारीसँग जोड्ने तथा सामाज र ब्यवहारीकतालाई सँगसँगै अगाडि बढाउने खालको शिक्षा नीति आवश्यक रहेको भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले पढ्दै कमाउदै भन्ने अवधारणा अनुरूप बिभिन्न सीपमूलक तथा स्वरोजगारमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराए ।

सीप र संस्कारसहितको स्वरोजगारमुलक शिक्षा बुटवलको मुल मन्त्र भएको भन्दै उनले सोही अनुरूप बुटवल उपमहानगरपालिकाले विद्यार्थीहरूलाई देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न थालेको बताए । अहिलेको समाजमा परम्परागत र यथास्थितिवाद हावी रहेको भन्दै उनले युवा विद्यार्थीहरूले त्यसलाई तोड्नुपर्नेमा जोड दिए ।

सीप र कामको सम्मान गर्ने परिपाटीको विकास गर्न जरुरी रहेको बताउँदै नगर प्रमुख पाण्डेले आफैंले कमाउदै पढ्ने विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाले सम्मान गर्ने बताए । कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याालले युवाहरूलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताउदै आफुले सिकेको सीप सदुपयोग गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् ।

बुटवलमा सञ्चालित ८ क्याम्पसका ११० जना विद्यार्थीहरूको सहभागीता रहेको तालिममा बरिस्ठ प्रशिक्षक अजय रेग्मीले प्रशिक्षण दिएको बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।