ताजा अपडेट »

पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

शनिबार, २७ बैशाख २०८२, १० : २६
24 Shares
शनिबार, २७ बैशाख २०८२
24 Shares

काठमाडौँ । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ।

पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो।

पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ ।  त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।

प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ ।

भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो । कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको बताइएको छ । यद्यपि भारतले पाकिस्तानको यो घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।