बुटवल । आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । थाइल्याण्डको टेर्दथाई क्रिकेट मैदानमा वर्षाका कारण खेल समयमा सुरु हुन नसक्दा ५/५ ओभरमा घटाइएको छ ।
यसअघि नेपाल र हङकङको पहिलो खेल वर्षाकै कारण रद्द भएको थियो । जसका कारण दुवै टिमले १-१ अंक बाँडेका छन् । थाइल्यान्डमा हिजोदेखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको थियो । शुक्रबार राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो ।
भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको हो। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा रहेको छ ।
नेपालको प्लेइङ ११: इन्दु वर्मा, रुविना क्षेत्री, राजमती ऐरी, रोमा थापा, कविता कुँवर, पुजा महतो, कविता जोशी, सबनम राई, सम्झना खड्का, रिया शर्मा, रुवी पोदार
प्रतिक्रिया