बुटवल । बुटवलमा ‘पेन्ट योर मर्निङ’ चित्रकला कार्यक्रम सम्पन्न भएको छ । ‘ए स्प्ल्यास अफ कलर, ए स्पार्क अफ जोय..’ भन्ने नारासहित वन्डरनेस्टको आयोजनामा चित्रकला कार्यक्रम सम्पन्न भएको हो ।
बुटवलको योगिकुटीस्थित चियाग्राममा आज बिहान ७ बजेबाट १० बजेसम्म चित्रकला कार्यक्रम सञ्चालन भएको थियो । अन्तर्राष्ट्रिय जलरङ समाज लुम्बिनी प्रदेश प्रमुख सुमित्रा राना सुप्राइले २५ जना बालबालिकाहरुलाई क्यानभास पेन्टिङ, किरिङ डिजाइन, फ्रिज म्याग्नेट आर्ट, र बोर्ड आर्ट सिकाएकी संस्थाकी सञ्चालक प्रविना घिमिरेले जानकनरी दिइन ।
संस्थाकी अर्का सञ्चालक निकिता भारी कसजुका अनुसार बालबालिकाहरुलाई मोबाइलको लतबाट टाढा राख्न र बालबालिकालाई सिर्जनात्मक सोच मात्र होइन, सहकार्य र आत्म(अभिव्यक्तिको पनि अनुभव गराउनको लागि यो कार्यक्रम गरिएको जानकारी दिइन ।
वन्डरनेस्टले विभिन्न समयमा महिला तथा बालबालिकाहरुको लागि कार्यक्रम गर्दै आएको संस्थाकी अर्का सञ्चालक नेहा अग्रवालले जानकारी दिइन । वन्डरनेस्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागितामा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न गरेको थियो ।
प्रतिक्रिया