ताजा अपडेट »

नगरपालिकाको सहयोगमा एक महिने ग्राफिक डिजाइन कम्प्यूटर तालिम

सोमबार, २६ फागुन २०८१, १७ : ३२
280 Shares
सोमबार, २६ फागुन २०८१
280 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा मुद्रण उद्योग संघ, रुपन्देहीको आयेजनामा बुटवलमा एक महिने ग्राफिक डिजाइन कम्प्यूटर तालिम सुरु भएको छ । सोमबार तालिमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुख पाण्डेले विश्वमा द्रूत गतिमा भैरहेको प्रविधिको विकासलाई आत्मसाथ गर्दै त्यसलाई प्रयोग र उपयोग गर्न सकिएन भने मुद्रण व्यवसाय फस्ट्याउन नसक्ने बताए । तालिमबाट परिणाम निकाल्न आग्रह गर्दै बुटवलको मुद्रण व्यवसायको संरक्षणका लागि छपाईमा गुणस्तर कायम गर्न ध्यान केन्द्रीत गर्न अनुरोध गरे ।

नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद पराजुलीले नेपालको मुद्रण क्षेत्रले प्राविधिक जनशक्तिको अभाव व्यहोर्नु परेको बताउँदै त्यसलाई कम गर्नका लागि यस प्रकारको तालिमको आयोजना गरेको हुँदा त्यसको सहि सदुपयोग गर्न आग्रह गरे । सघंका लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम घिमिरेले मुद्रण व्यवसायमा नयाँ नयाँ प्रविधिले चुनौति थप्दै गएको हुँदा त्यसको समाधानका लागि सीप विकासमा जोड दिए । संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले मुद्रण क्षेत्रमा रहेको प्राविधिकहरुको अभाव पूरा गर्न तालिमको आयोजना गरेको जनाकारी दिए । तालिममा रुपन्देहीमा रहेका प्रेसमा कार्यरत तथा नयाँ ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।