ताजा अपडेट »

सैनिक जवान बुटवलको अटो भिलेजमा सीप निखार्दै

सोमबार, १७ बैशाख २०८१, १५ : २८
30 Shares

बुटवल । बुटवलको अटो भिलेजमा सैनिक जवानहरूले हेवी ईन्जिनीयरिङ ईकुप्मेन्ट मेकानिक्स एडभान्स तालिम लिएर आफ्नो सिपमा निखार ल्याउँदैछन् । बुटवल अटो ईन्जिनीयरिङ एशोसियसन रूपन्देही लुम्बिनी तथा नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुर ब्यारेकको संयुक्त आयोजनामा हेवी ईन्जिनीयरिङ ईकुप्मेन्ट मेकानिक्स एडभान्स तालिम संचालन भएको छ ।

तालिमको उदघाटन गर्दै नेपाल अटो मेकानिक्स ब्यवसायि महासंघका अध्यक्ष जनार्दन गैरेले यो तालिममा नेपपाली सेनाले तालिम लिएर राम्रो काम गरेको बताउँदै यो सीप रिटायर्ड जीवनमा पनि काम लाग्ने बताए । उनले अटो क्षेत्रमा नयँ नयाँ प्रविधि भित्रिरहेकाले यस्तो एडभान्स तालिम निकै उपयोगि हुने बताए ।

आयोजक संस्था बुटवल अटो ईन्जिनीयरिङ एशोसीयसन रूपन्देहीका अध्यक्ष तुल्सीराम न्यौपानेले यो सेनाहरूको लागि सातौ संस्करणको तालिम भएको बताउँदै बुटवल अटो भिलेजमा सहभागिले आवश्यकता अनुसार ब्यवहारिक ज्ञान लिन सहज हुने बताए । उनले विगतका तालिम पनि निकै उपलब्धि मुलक भएको यस्ता तालिमलाई निरन्तरता दिईने वताए ।

नयाँ टेक्नोलोजी सँगै सीपमा पनि निखार ल्याउन यस्ता तालिमले निकै महत्व राख्ने नेपाल आर्मीका प्राविधिक सेनानी किशोर कुमार महतोले बताए । उनले दक्ष जनशक्ति उत्पादनमा तालिम  सहयोगि हुनेपनि बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष प्रेम फोजदार, ज्योती भण्डारी, पश्चिम नेपाल बस समितिका उपाध्यक्ष नारायण घिमिरे, प्रेस सल्लाहकार दामोदर खनाल, प्रशिक्षक राधाकृष्ण देउला, महा सचिव ध्रुव भुसाल लगायतले मनतब्य राखेका थिए ।

तालिममा नेपाली सेनाका ४ जना प्रशिक्षक १३ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
बैशाख १६ गतेबाट सुरू भएको यो तालिम जेष्ठ २२ गते सम्म संचालन हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।