ताजा अपडेट »

अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी

बुधबार, ०२ जेठ २०८१, १६ : २६
54 Shares
बुधबार, ०२ जेठ २०८१
54 Shares

 

काठमाडौँ । अमेरिकाले इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारी भइरहेको छ । ह्वाइट हाउसले कांग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावेश हुनेछन् । तर यो योजना अमेरिकी कांग्रेसबाट पारित हुन आवश्यक छ ।

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको रफाहमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा इजरायललाई हतियारको आपूर्ति बन्द गरिने बताएका थिए ।

यस अघि बाइडेनले गत हप्ता इजरायलमा ९०० किलोग्राम बमको ढुवानी पठाउन रोकेका थिए । उनले यी बम इजरायलले गाजामा प्रयोग गर्ने आशंका भएपछि रोकिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।