ताजा अपडेट »

सितारा बचत तथा ऋण सहकारीद्वारा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

शनिबार, ०३ चैत्र २०८०, १७ : ५४
50 Shares

बुटवल ।  तिलोत्तमा ४मा  रहेको सितारा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै ९ सहकारीका अध्यक्ष मात्रिका ज्ञावलीले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हटाउनका लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने वताए । सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गरे । उनले  सहकारीमा आधापेट आएर वा बिभिन्न काम गरेर पछिको लागी सहजाहोस भन्ने उदेस्यले जम्मा गरेको पैसा सुरक्षित रहेको बताए । 

सेयर सदस्यहरुलाई सहकारीको अबस्था कस्तो छ के भैरहेको छ हाम्रो लगानीको अबस्था कस्तो छ यसका नीति नियम कस्ता रहेका छन भनेर सेयर सदस्यहरुलाई सहकारी शिक्षा तामिल दिएको बताए । उनले सहकारीका सबै सदस्यहरु लाई यो तालिम दिईने बताए ।

उदघाटन कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष राम बहादुर खड्काले हामी सहकारीको नीति नियम र ऐन अनुसार सञ्चालनमा रहेको र  त्यस कारण यो सितारामा सहकारीमा कुनै पनि समस्या नभएको बताए। गलत मनसायले सञ्चालन भएका सहकारीमा समस्या भएको बताउदै अहिलेको आबश्यक भनेको सहकारीका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिनु आबश्यक रहेको उनको भनाई  थियो।

सहकारीका उपाध्यक्ष रमेश पराजुलीको स्वागत मा भएको तालिममा बुटबल उपमहानगरपालिकाका सहकारी बिभाग प्रमुख गुणखर खनाले  सहजीकरण गर्नु भएको थियो। उहाले प्रविधि, अनुसन्धान र विकासमा लगानी गर्ने जोखिम व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने भन्ने बिषयमा  जानकारी गराए ।

त्यस्तै उनले सहकारीका बीच आपसी सहकार्य गर्ने ऋण असुली तथा बाँकी बक्यौता सम्बन्धी सहकारी ऐनको कार्यान्वयन गर्ने सहकारी शिक्षा, तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने सहकारी सम्पत्ति व्यवस्थापन कम्पनी गठन गर्ने संस्थागत सुशासनलाई सुदृढ बनाउने बिषयमा जानकारी गराए।
खनालले नियामकीय संरचनालाई बलियो बनाउने सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्ने लगायतका बिषयमा छलफल गरेको शिक्षा समितिका सदस्य कृष्ण बहादुर थापाले बताए। 

२०६४ सालमा स्थापना भएको सितारा बचत तथा ऋण सहकारीमा ७सय ३७ सेयर सदस्यहरु रहेको र ३सय ३१ महिला  र अरु बाकी पुरुष रहेको संस्थाका अध्यक्ष मात्रृका ज्ञावालीले बता

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।