ताजा अपडेट »

करीयर प्लानिङ एजुकेशन ९ औं वर्षमा, २ जना गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने

शनिबार, १५ बैशाख २०८१, २० : ४८
24 Shares

बुटवल । बुटवलमा अवस्थित करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले आठौ वर्ष पूरा गरेको अवसरमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको छ ।

कक्षा १ देखि विद्यालय तहसम्मको अध्ययन पूरा गर्दासम्म अभिभावकत्व ग्रहण गर्दै आवश्यक शैक्षिक सामग्री तथा पोशाक लगायतको सामग्री प्रदान गरिने कन्सलटेन्सीका अध्यक्ष तथा प्रवन्ध निर्देशक गोबिन्द बस्नेतले बताए । 

विगत ८ वर्षदेखि अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई परामर्श तथा भाषा कक्षा सञ्चालन गर्दै आएको करियर प्लानिङले सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति घोषणा गरिएको बस्नेतले बताए। यसै बीच शनिबार आयोजित वार्षिकोत्सवमा २ जना विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कन्सलटेन्सीले कक्षा ५ मा अध्ययनरत रिया थापा र कक्षा १० मा अध्ययनरत  सबिना थापालाई छात्रवृत्ति प्रदान गरेको हो ।  यसबाहेक यसै वर्षदेखि २ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने भएको हो । 

२०७३ सालमा स्थापना भई परामर्श तथा भाषा कक्षा सञ्चालन गरेको करियरले हालसम्म ७ सय बढी विद्यार्थीलाई जापान पठाउन सफल भएको छ भने यस वर्षदेखि अष्टेलिया, क्यानडा, यूके लगायतका देशका लागि पनि काम गरिने अध्यक्ष बस्नेतले बताए । 

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले अध्ययनका लागि वा रोजगारका लागि जानूभन्दा पहिले सही परामर्श लिन आवश्यक रहेको बताइन । यसैगरी रुपन्देही इक्यान रुपन्देहीका अध्यक्ष यसैगरी गिरीराज पाण्डे, संस्थापक अध्यक्ष देवबहादुर कुंवरले बोल्दै परामर्श संस्थाहरुप्रति राज्यले आवश्यक नीति बनाउनु पर्नेमा जोड दिए ।

मेडिकल ल्याब्रेटरी नेपाल (मेलान) रुपन्देही अध्यक्ष नारायण पौडेल, करियर का डाइरेक्टर तुलशी पौडेल बस्नेत, चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन श्रेष्ठ, पत्रकार खेम पाठक, लगायतले बोल्दै अध्ययनका लागि वैदेशिक यात्रमा जानू गलत नभएको उल्लेख गर्दै बरु यसलाई थप सुरक्षित र विश्वसनीय बनाउनु पर्ने बताए ।  कार्यक्रम विकास गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।