ताजा अपडेट »

अर्घाखाँचीमा सुपा मन्दिर दर्शन गरी फर्कदैँ गरेको ट्याक्सी दुर्घटना, ६ जना घाइते

बुधबार, २८ चैत्र २०८०, ११ : ०२
260 Shares


बुटवल । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको  पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। 

घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको  पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए । दुर्घटनामा परि २ जना बच्चा सहित ६ जना घाइते भएका छन् ।

 
गाडी सडकबाट अन्दाजी  २०० मोटर तल खसेको थियो । घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको  छ। घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।