ताजा अपडेट »

अर्घाखाँचीमा सडक दुर्घटना : कपिलवस्तुका एक युवाको मृत्यु

बुधबार, २१ चैत्र २०८०, १९ : १५
326 Shares

बुटवल । अर्घाखाँचीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी कपिलवस्तु  सुद्धोधन नगरपालिका-१ का २८ वर्षीय मियाज मुसलमानको ज्यान गएको हो  । 

सन्धिखर्कबाट कपिलवस्तु तर्फ आउँदै गरेको जीपले सोही दिशाबाट  आईरहेको मोटरसाइकललाई शितगङ्गा  नगरपालिका-१४ को बठेनी करेचुली  भन्ने  स्थानमा ठक्कर दिएको थियो । जिल्ला  प्रहरी प्रमुख डीएसपी प्रतिक सिंह राठौरका  अनुसार लु २ च ७९३२ नम्बरको  जिपले लु ६ प ७९३१ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा दुबै गाडी सडकदेखि तल  खसेको थियो । घटना  स्थलमा इप्रका  ठाडाको टोली पुगेर शव पोष्टमार्टमका लागि  प्राथमिक उपचार  केन्द्रमा ल्याइएको  छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।