ताजा अपडेट »

बुटवल उपमहानगरपालिकाले थाल्यो पुरानो घरनक्सा अभिलेखिकरणको अभियान

विहीबार, १५ चैत्र २०८०, १९ : ५२
136 Shares

बुटवल । बुटवल १२ तामनगर निवासी मिना खनाल विगत लामो समय देखि आफ्नो घरको नक्शा पास नहुदा विभिन्न समस्यामा परेकी थिइन ।

नत बेचविखन गर्दा राम्रो पैसा पर्ने नत बैकमा धितो राखेर पैसा निकाल्न मिल्ने धेरै सारै समस्यामा थिए , बुटवल उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको रहेछ हेरे खुशी लाग्यो अनि सबै फाइल तयार गरेर नगरपालिका आए कागजपत्र दर्ता भाको छ अब छिटै प्रक्रियामा जान्छ रे अनि काम हुन्छ म सारै खुशी छु मिनाको भनाई छ ।  छोराछोरी पढाउन र आर्थिक लेनदेनमा समस्या झेल्दै आएकी खनाल यो अभिलेखिकरणको काम पछि आफ्नो समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउछिन ।

त्यस्तै अर्का सेवाग्राही बुटवल नयाँ गाउका कृष्ण आर्चायले पनि विगत लामो समय देखि घरनक्सा पास नहुदा विभिन्न समस्या झेल्नु परेको बताए । छोराछोरी विदेश पठाउन थालेको सम्पत्ति विवरण देखाउन निकै समस्या परेको थियो अब सहज हुन्छ भन्ने विश्वास लिएको छु । त्यसैले नगरपालिकाले मागेका सबै कागजपत्र लिएर आएको छ, काम हुन्छ भन्नेमा पूर्ण विश्वसत रहेको आचार्यले बताए ।

त्यस्तै अर्की सेवाग्राही हुन बुटवल ७ दिपनगर निवासी पुष्पा खरेल । उनि पनि लामो समयदेखि विभिन्न समस्या झेल्दै आएकी थिइन । जे हो नगरपालिकाले यो कामको शुरुवात गरेछ राम्रो लाग्यो त्यहि भएर मैलेपनि घरको चारैतिरको फोटो र अन्य कागजपत्र लिएर आएकी छु अब नक्सा पास भयो भने धेरै लामो समय देखि समस्या भोग्दै आएका छौं नत बैकले लगानी गर्छ नत बेचविखन गर्दा राम्रो पैसा पर्ने छोराछोरी पढाउन र आर्थिक लेनदेनमा समस्या आएको बताउदै यो नक्सा पास भएपछि सबै समस्या समाधान हुने बताइन ।

यिनीहरु त मात्र प्रतिनिधि पात्रहरु हुन यस्तै नहरपुर ११ तारा श्रेष्ठ, भरत गिरी, गिता कुवँर, करुणा मल्ल, विनोद ज्ञवाली लगाएत बुटवल उपमहानगरपालिका घरनक्शा शाखामा करिब ४ सय जना घरधनिले निवेदन दर्ता गरिसकेका छन् ।बुटवल उपमहानगरपालिकाले शहरका सबै घर भवनहरुलाई व्यवस्थित गर्ने उद्देश्यले यसअघि नक्सा पासगर्न छुटेका घरनक्सालाई आवश्यक प्रकृया पुराई अभिलेखिकरणको प्रक्रियामा ल्याउनका लागि अभियान संचालन गरेको छ । उपमहानगर नगरभित्रका ५ हजार घरलाई अभिलेखिकरण गर्ने योजना रहेकोमा हालसम्म करिब ४ सय घरपरिवार सो प्रकृयामा समाबेश भैसकेका छन् ।

बुटवल उप–महानगरपालिकाले सम्पुर्ण उपमहानगरलाई व्यवस्थित शहर बनाउने मुख्य उद्देश्यका साथ मापदण्ड पुरा नगरि बनाइएका तथा नक्सा पास नभएका घर तथा भवनहरुको अभिलेख राख्न यो अभियान संचालन गरेको हो । यस अघि नक्सा पास नगराएका तथा सम्पन्नता नलिएका वा कुनै पनि प्रक्रिया विना बनाएका घरहरु  उपमहानगरपालिकाले अभिलेखिकरण गरि मापदण्डभित्र ल्याउने अभियान थालनी गरेको बुटवल उपमहानगरपालीकाले जनाएको छ । बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुशार यो अभियान संचालन पघि घरनक्सा बनाउने र वैकिङ्ग प्रक्रियामा जान चाहने सेवाग्राहीलाई फाइदा हुने उनको भनाई छ ।

श्रेष्ठका अनुसार बुटवल उपमहानगरपालिकाको ६५ औं वार्षिककोत्सवको अवसरमा सूचना प्रकाशन गर्दै नगरभित्र विविध कारणले छुटेका घरनक्सालाई घरधनिले सम्बन्धित कागजपत्र सहित नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । नगरपालिका भित्र घरनक्सा स्विकृति बेगर हेरफेर गरी बनाइएको घर तथा सरकारी भवनको हकमा नक्सापास प्रक्रियामा ल्याई सेवाग्राहीले विगतमा नपाएका सेवा सुविधाहरुबाट बञ्चित हुन नपर्ने, बैक तथा वित्तिय संस्थाबाट लगानी गर्न मिल्ने, नगरमा व्यवस्थित रेर्कड समेत रहने तथा नगरपालिकामा राज्वश्व संकलनमा समेत वृद्धिहुने पूर्वाधार विकास महाशाखा प्रमुख श्रेष्ठको भनाई छ ।
राष्ट्रिय भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिताको पालना गरौं, आफ्नो घर नगर साथै सुरक्षित राष्ट्र निर्माणमा हामी सबैले सहयोग गरौ भन्ने मुल मन्त्र बनाएको बुटवल उपमहानगर भित्र रहेका सबैलाई अभिलेखमा समेट्ने प्रयास गरिएको छ । विविध कारणले छुटेका घरहरुका नक्साको अभिलेखिकरण गरि नगरलाई व्यवस्थित बनाउने र शहरलाई सफा, सन्दर तथा व्यवस्थित बनाउने उद्देश्यले यो अभियानको थालनी गरेको घर नक्शा शाखाप्रमुख सोमनाथ अधिकारीको भनाई छ । उक्त अभिलेखिकरणका लागि आवश्यक कागजातहरुमा अधिलेखिकरणका लागि निवेदन फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनि प्रमाणपुर्जा अर्थात लालपुर्जाको प्रमाणित प्रतिलिपि, आर्थिक वर्षमा तिरेको तिरोको रसिद, जग्गाको नापी कार्यालयबाट कित्ता नं स्पष्ट भएको नापी नक्सा प्रमाणित, घरको चारै तिरको रंगिन फोटो तथा राजिनामा रहेको नगरपालिकाले जनाएको छ ।

भवन निर्माण सम्वन्धि मापदण्ड सम्बन्धी स्थानिय राजपत्रमा उल्लेख भएबमोजिम सम्पूर्ण कागजपत्र मिलाएर राष्ट्रिय भवन संहिता २०६० भवन निर्माण सम्वन्धि मापदण्डमा टेकेर सरकारी जग्गा नमिचेको र विभिन्न कारणले नक्सापासको इजाजत लिएको तर सम्पन्न नलिएका घरधनिले उक्त अभिलेखमा सहयोग गर्न समेत उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले संचालन गरेको यो अभियानमका नगरभित्रका ५ हजार बढी सेवाग्रही आउने अनुमान गरिएको छ । यसरी अभिलेखिकरण गर्दा बनगरधित्र बनेकका घरहरुको एकज्याक्ट रेकर्ड पनि आउने र व्यवस्थित शहर बनाउन तथा घरमा डिजिटलाइज गर्न पनि सकिने छ । यो कार्य सम्पन्न पछि नगरको विकास, सुन्दर र रमणिय शहर मात्रै नभएर सुरक्षाको हिसावले पनि सुरक्षित मानिने छ । भैपरि आउने विपद् व्यवजस्थापन, आगलागी, चोरी डकैति जस्ता घटना हुदा समयमा मै उदार गर्न सकिने समेत अनुमान नगरपालिकाले लिएको छ ।  

बुटवल उपमहानगरपालिका भित्र घरनक्सा बनाउनका लागि सुचिकृत कन्सल्टेन्सिहरु ३६ वटा रहेका छन् । ति कन्सल्टेन्सिहरुले राजपत्रमा उल्लेख भए बमोजिम सम्पूर्ण कागजपत्र मिलाएर राष्ट्रिय भवन संहिता २०६० भवन निर्माण सम्वन्धि मापदण्डमा टेकेर नक्सा पास गराउन आएमा आफुहरुले सहजिकरण गरिदिने गुराँस इन्जिनियरिङ्ग कन्सल्टेन्सिका प्रोप्राइटर तथा प्राविधिक हरि सुवेदीको भनाई छ ।

यसप्रकार अधिलेखमा आउने घरधनीले घर निर्माण तथा भत्काउने क्रममा आउने कुनैपनि भौतिक तथा मानविय क्षतिको भने स्वयं घरधनिले क्षति बेर्होनु पर्ने छ । साथै घर नक्सा पास तथा सम्पन्न गर्न गराउन छुटेका र प्रक्रियामा आउन चाहाने सेवाग्राहीलाई भने यो अभियान कोशेढुंगा सावित हुने छ ।

मञ्जु कडेल
लेखकको बारेमा
मञ्जु कडेल