ताजा अपडेट »

रुकुमबाट छुटेको बस निसिखोलामा दुर्घटना : ७ जनाको मृत्यु, २५ घाइते

सोमबार, ०५ चैत्र २०८०, १९ : ५५
326 Shares

बुटवल । रुकुम पश्चिमबाट सोमबार काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसी खोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला  प्रहरी  कार्यालय बाग्लुङ्गका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसिका अनुसार बागमती प्रदेश ०१-००६ ख ३८७९  नम्बरको बस निसीखोला गाउँपालिका-६ जाउले पानी भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २५ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ४ बजेतिर दुर्घटना भएको थियो । घाइतेहरुलाई बुर्तिबाङ स्वास्थय केन्द्रमा उपचारका निम्ती लगिएको छ । बस सडकदेखि करिब १५० मिटर तल खसेको थियो । बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको प्रहरीले जनाएको छ ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।