ताजा अपडेट »

फागुन ३० भित्रै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

शनिबार, २६ फागुन २०८०, १८ : १७
60 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका हुन् । 

सोही अनुसार सांसदहरूलाई केही दिन उपत्यका छाडेर नजान ह्वीप जारी गरिएको छ। पार्टीका प्रमुख सचेक समेत रहेका सांसद हितराज पाण्डेका अनुसार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघिसम्म सांसदहरूलाई ह्वीप लगाइएको छ। 

‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।